२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

बाँकेमा ब्राउन सुगरसहित तीन जना पक्राउ

रुपा गहतराज

नेपालगन्ज — बाँके प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–१० की ३५ वर्षीया मुन्नी जोलाह, नेपालगन्ज उपमहानगरपालिका–१६ बस्ने ३९ वर्षीय कल्लु जोलाह र ३५ वर्षीया जरिना अन्सारीलाई ३० ग्राम ब्राउन सुगरसहित नेपालगन्जको चौलिकाबाट पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले बताए ।

प्रहरी र लागूऔषध ब्यूरोको टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा मुन्नीले लगाएको स्वेटरमा लागूऔषध फेला पारेको बताइएको छ ।

प्रहरीले उनीहरूको साथबाट ७० हजार ५ सय रुपैयाँ नेपाली र ७० हजार तीन सय ५० रुपैयाँ भारु गरी एक लाख ८३ हजार ६० रुपैयाँसमेत बरामद गरेको छ ।

उनीहरू लामो समयदेखि लागूऔषधको कारोवार गर्दैआएको प्रारम्भिक अनुसन्धानबाट खुलेको पनि प्रहरीले जनाएको छ । बाँके प्रहरीले ६ महिनायता २ सय ६५ ग्राम ६ सय १० मिलिग्राम ब्राउनसुगर, चार किलो ३ सय ७५ ग्राम चरेस, तीन हजार ५ सय ४३ ट्याब्लेट नाइट्राजेपाम, ६ हजार लिटर कोरेक्स, २० ग्राम गाजा, एक हजार चार सय ३० ट्याब्लेट ट्रामाडोलसहित ८८ जनालाई लागूऔषध मुद्दामा कारबाही गरेको छ ।

प्रकाशित : माघ १०, २०७८ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?