आगो निभाउन खोज्दा एक घाइते

अमृता अनमोल

बुटवल — परालको टौवामा लागेको आगो निभाउन खोज्दा बुटवलमा एक जना घाइते भएका छन् ।

बुटवल-१४ बेलभरियामा गएराति प्रेम चालिसेको टौवामा आगलागी भएको थियो । आगो निभाउन खोज्दा २८ वर्षीय नन्दु दंगोरिया घाइते भएका छन् ।

घाइतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । टौवाबाट बस्तीमा आगो सर्न थालेपछि त्यसलाई निभाउन स्थानीय जुटेका थिए । आगो बुटवल उपमहानगरको दमकलले निभाएको थियो ।

प्रकाशित : माघ १०, २०७८ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?