कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कृषि तथ्यांक अद्यावधि गर्न ‘सफ्टवेर’

अमृता अनमोल

बुटवल — गएको कात्तिक महिनामा आएको बेमौसमी वर्षाले धानबालीमा क्षती पुर्‍याएपछि यकीन विवरण नआएकाले क्षतीको मूल्यांकन गर्न कठिनाइ भयो । 

कृषि तथ्यांक अद्यावधि गर्न ‘सफ्टवेर’

कृषि तथ्यांक अद्यावधि गर्न समस्या भएपछि संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अहिले कृषि तथ्यांक अद्यावधि गर्न सफ्टवेर तयार गरेको छ । यससँगै उक्त सफ्टवेयरमा तथ्यांक अद्यावधि गर्न प्रदेशहरूमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

बिहीबार लुम्बिनी प्रदेशको कृषि निर्देशनालय र मन्त्रालयले रुपन्देहीमा कृषि प्राविधिकहरूलाई कृषि तथ्यांक अद्यावधिकसम्बन्धी अभिमुखीकरण गोष्ठी आयोजना गरेको छ । रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाका प्राविधिक त्यसमा सहभागी भएका छन् ।

प्राविधिकहरूले स्थानीय तहका कृषि अधिकारीलाई दुई दिन तथ्यांक अद्यावधि गर्न सिकाउने छन् । प्रदेश र संघीय कार्यालयहरूले अद्यावधि गरेको तथ्यांक सच्याउन मिल्ने बनाइएको छ । कृषि निर्देशनालयका सूचना अधिकारी राम पाण्डेले अब तथ्यांक अद्यावधि भएपछि कृषिका योजना निर्माण र त्यसको सुपरीवेक्षण गर्न तीनै तहका सरकारलाई टेवा पुग्ने बताए ।

‘संघीय संरचनामा जानुअघि जिल्लागत तथ्यांकमा एकरुपता थियो । तर अहिले स्थानीय तह, प्रदेश र संघको आपसी समन्वयको अभावमा तथ्यांकमा एकरुपता छैन‚’ लुम्बिनी प्रदेशको कृषि निर्देशनालयका प्रमुख यम नारायण देवकोटाले भने । हरेक सरकारले फरक फरक तथ्यांक सार्वजनिक गर्ने गरेका छन् । स्थानीय सरकारले प्रदेश र संघलाई तथ्यांक सच्चाउन सहयोग नगरेको उनीहरुको गुनासो छ । अब सफ्टवेयरको निर्माणपछि तथ्यांकमा एकरुपता आउने निर्देशनालय प्रमुख देवकोटाले बताए ।

मन्त्रालयले यसअघि गण्डकी, मधेश प्रदेश र प्रदेश १ मा तथ्यांक अद्यावधिबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिसकेको छ । अब बाँकी तीनवटा प्रदेशमा कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित : माघ ६, २०७८ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?