१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दोलखा प्रशासनमा आलोपालो सेवा प्रवाह 

केदार शिवाकोटी

दोलखा — जिल्ला प्रशासन कार्यालय दोलखाले संक्रमणको जोखिम बढेको भन्दै सेवाग्राहीका लागि आलोपालोको व्यवस्था गरेको छ । 

दोलखा प्रशासनमा आलोपालो सेवा प्रवाह 

नागरिकता, राहदानी र राष्ट्रिय परिचप पत्र बनाउन आउनेहरुको भिड नियन्त्रणका लागि आलोपालो नियम बनाएको प्रशासनले बिहीबार सूचनामार्फत जानकारी दिएको हो । प्रशासनले आइतबारबाट स्थानीय तहका सेवाग्राही आउने बार निर्धारण गरेर पालो सिस्टम लागू गरेको छ । ९ वटा स्थानीय तह रहेका दोलखामा आइतबार, मंगलबार र बिहीबार बैत्यश्वर र तामाकोसी गाउँपालिकासहित जिरी नगरपालिकाका सेवाग्राहीको प्रशासनबाट सेवा पाउने सूचनामा उल्लेख छ । यस्तै इलाका प्रशासन कार्यालय सिंगटीको कार्यक्षेत्र नपरेको गौरीशंकर गाउँपालिकाका वडाहरुले पनि यी दिन सेवा पाउनेछन् ।

सोमबार, बुधबार र शुक्रबार मेलुङ र शैलुङ गाउँपालिकासहित भीमेश्वरका नागरिकले प्रशासनबाट सेवा लिन पाउनेछन् । यो बाहेकका दिन इलाका प्रशासन कार्यालय सिंगटी कार्यक्षेत्र नरहेको कालिञ्चोक गाउँपालिकाका वडाका नागरिकले सेवा लिन पाउनेछन् । विगु गाउँपालिका सबै वडको सेवा भने इलाका प्रशासन कार्यालयले दिने छ । प्रशासनले २५ जनाभन्दा बढी भिड हुन प्रतिबन्ध गरे पनि कार्यालयमा सेवा लिनेहरुको भिड बढेपछि नियन्त्रणका लागि यस्तो नियम राखेको जनाएको छ ।

यसैबीच, कर्मचारीहरु कोरोना संक्रमित भएपछि तामाकोसी गाउँपालिकाको कामकाज प्रभावित बनेको छ । तामाकोसीले सार्वजनिक सूचना जारी गरेर कर्मचारी संक्रमित भएकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको जनाएको छ ।

कर्मचारीमा कोरोना देखिएपछि तामाकोसीमा १२ गतेसम्म र शैलुङ गाउँपालिकामा १३ गतेसम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको छ ।

प्रकाशित : माघ ६, २०७८ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?