कर्मचारी संक्रमित भएपछि रुपन्देही प्रशासनको अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौँ — कर्मचारीहरू कोरोना संक्रमित हुने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै प्रशासनले सेवा बन्द गरेको हो ।

कर्मचारी संक्रमित भएपछि रुपन्देही प्रशासनको अत्यावश्यक बाहेकका सेवा बन्द

कार्यालयले बुधबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र, दर्ता/नवीकरण, पेन्सन सिफारिस/प्रमाणित, नाबालक परिचयपत्र लगायतका सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरिएको छ ।

उनका अनुसार कार्यालयमा कार्यरत केही कर्मचारी कोरोना संक्रमित भएपछि प्रशासनको सेवा बन्द गरिएको हो । केही कर्मचारीमा मिल्दाजुल लक्षण देखिएका छन् । शान्ति–सुरक्षा, मुद्दा लगायत अत्यावश्यक सेवा भने नियमित रहने उनले बताए । 'हाम्रा धेरै कर्मचारी बिरामी पर्नु भएको छ । कार्यालयमा सेवाग्राहीको भीड पनि थेगिनसक्नु छ । संक्रमण नफैलियोस् भनेर तत्कालका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो,' उनले बताए ।

प्रशासनले जारी गरेको सूचनामा कोभिडको बढ्दो संक्रमणका कारण कार्यालयका अधिकांश कर्मचारी संक्रमित भई हाल आइसोलेसनमा रहेको जनाइएको छ । अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीलाई खोप कार्ड अनिवार्य गरिएको छ ।

प्रकाशित : माघ ५, २०७८ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?