बाँकेमा १६७ नमुना परीक्षण गर्दा १०८ जनामा कोरोना पुष्टि

रुपा गहतराज

नेपालगन्ज — बाँकेका अस्पतालहरुमा १६७ नमुना परीक्षण गर्दा १०८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा ल्याबमा बुधबार गरिएको परीक्षणमा १०८ जनालाई कोरोना पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

बाँकेमा १६७ नमुना परीक्षण गर्दा १०८ जनामा कोरोना पुष्टि

उनका अनुसार भेरी अस्पतालमा १०१ जनाको परीक्षण गर्दा ७० जना, कोहलपुर मेडिकल कलेजमा ५३ जनाको परीक्षण गर्दा ३२ जना र बागेश्वरी ल्याबमा १३ जनाको परीक्षण गर्दा ६ जनालाई कोरोना देखिएको हो।

जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ८४ पुगेको छ । अस्पतालमा आउने बिरामीको संख्या पनि बढेको फोकल पर्सन ओलीले बताए । कोरोना परीक्षणका लागि नाकामा खटिएका १७ स्वास्थ्यकर्मीमध्ये १० जना संक्रमित भएका छन् ।

हेल्थ डेस्कमै खटिएका कर्मचारी संक्रमित हुन थालेपछि नाकामा स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मी अभाव हुन थालेको फोकल पर्सन ओलीले बताए ।

प्रकाशित : माघ ५, २०७८ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?