कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कर्मचारी संक्रमित भएपछि नरैनापुर गाउँपालिका कार्यालय बन्द

रुपा गहतराज

नेपालगन्ज — बाँकेको नरैनापुर गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा ठप्प भएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरुमा आइतबार कोरोना पुष्टि भएपछि मंगलबारदेखि चार दिन सम्मका लागि गाउँपालिका कार्यालय बन्द गरिएको हो ।

कर्मचारी संक्रमित भएपछि नरैनापुर गाउँपालिका कार्यालय बन्द

मंगलबारदेखि ८ गतेसम्म पालिका बन्द गरेर सेनिटाइज गर्ने समेत तयारी गरिएको छ ।

संक्रमित भएका सबै कर्मचारीहरु होमआइसोलेसनमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।

‘संक्रमित कर्मचारीहरुको अवस्था हेरेर चार दिनपछि गाउँपालिकाबाट सेवा सुचारु गर्छौं,' उनले भने ,‘गाउँपालिकाको प्रशासनिक काम बन्द भए पनि स्वास्थ्य शाखाबाट सेवा प्रवाह नियमित हुन्छ। ’

प्रकाशित : माघ ४, २०७८ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?