कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बलात्कारको आरोपमा एक जना पक्राउ

कमल पन्थी

बर्दिया — १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गुलरिया नगरपालिकाका ३० वर्षीय जनकबहादुर शाहीले ललाइफकाई ती किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी हेमबहादुर शाहीका अनुसार शाहीले आफ्नै कोठामा बलात्कार गरेको स्वीकार गरेका छन् । उनलाई आवश्यक कारबाहीका लागि अदालतबाट सात दिनको म्याद थप गरी बलात्कारको अभियोगमा मुद्दा दायर गरेको छ ।

प्रकाशित : माघ ४, २०७८ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?