कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बाँकेमा एक कोरोना संक्रमितको मृत्यु

कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार मृतकले कोभिडविरुद्धको खोप लगाएका थिएनन्
रुपा गहतराज

नेपालगन्ज — बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ की ४१ वर्षीया महिलाको सोमबार दिउँसो भेरी अस्पताल, नेपालगन्जमा मृत्यु भएको हो।

पुस ३० गते कोहलपुर मेडिकल कलेजमा पीसीआर परीक्षण गरिएको उनलाई सोही दिन भेरी अस्पतालमा भर्ना गरिएको थियो।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार मृतकले कोभिडविरुद्धको कुनै पनि खोप नलगाएको पाइएको छ।

यससँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका ४ सय ३७ जनाको मृत्यु भएको तथ्यांक छ । बाँके जिल्लामा मात्रै कोरोनाका कारण ३ सय ४५ जनाको मृत्यु भएको छ।

यसैबीच सोमबार बाँकेमा तीनवटा ल्याबमा एक सय ७२ जनाको परीक्षण गर्दा ५८ जनामा कोरोना पुष्टि भएको छ।

प्रकाशित : माघ ३, २०७८ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?