कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कोभिड खर्च व्यवस्थापनका लागि संघीय सरकारसँग लुम्बिनीले माग्यो १० करोड

सन्जु पौडेल

तिलोत्तमा — लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा बजेट तथा सामग्री सहयोगका लागि प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् । मुख्यमन्त्री केसीले दोस्रो चरणको कोभिड खर्च व्यवस्थापनका लागि संघीय सरकारले १० करोड श्रोत भर्ना गरिदिनुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका हुन् ।

कोभिड खर्च व्यवस्थापनका लागि संघीय सरकारसँग लुम्बिनीले माग्यो १० करोड

लुम्बिनी प्रदेश 'मिनी नेपाल' भएको भन्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारको बजेटबाट मात्रै जनताको जीवन सुरक्षा गर्न चुनौती हुने प्रष्ट पारे । कोरोनाबाट तराइका जिल्लाहरू बढी प्रभावित भएको र अब गर्मी याममा हुनसक्ने आगलागी र बाढीपहिरो नियन्त्रणका लागि पनि ध्यान दिनुपर्ने उनले बताए ।

यस्तै भारतबाट आउने नागरिकलाई परीक्षण गर्दा कोभिड देखिने सम्भावना बढी भएकाले उनीहरूलाई घर पठाउन यातायातका साधनको व्यवस्थापनमा समेत समस्या भएको मुख्यमन्त्री केसीले बताए । त्यसका लागि संघीय सरकार र प्रदेश सरकारकारले सहकार्य गरी उद्धार गर्न आवश्यक रहेको उनले बताएका थिए।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा लगायत संघीय सरोकारवाला निकायसँग भर्चुअल माध्यममा छलफल गर्दै उनले लुम्बिनी प्रदेश सरकारले जनउत्तरदायी भई काम गरिरहेको बताएका थिए। सोही क्रममा मुख्यमन्त्री केसीले प्रधानमन्त्री देउवासँग लुम्बिनी प्रदेशलाई सहयोगका लागि आग्रह गरेका हुन् ।

यद्यपि जनताको रक्षा र कोरोना नियन्त्रणका लागि प्रदेश सरकार हरक्षण सक्रिय रहेको मुख्यमन्त्री केसीले बताएका छन् । उनले सबै सरोकारवाला निकायको सहभागितामा प्रदेश सरकार जनताको जीवन रक्षा गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

कोरोना नियन्त्रणका लागि बेलहिया, कृष्ण नगर र नेपालगञ्जमा होल्डिङ सेन्टर स्थापना गरी महामारी रोकथाम अभियान अगाडि बढाउन प्रदेश सरकारले आवश्यक तयारी गरिरहेको उनको भनाइ थियो ।

प्रकाशित : माघ ३, २०७८ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?