२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

बेलहिया नाकाबाट प्रवेश गर्ने ६९ जना कोरोना संक्रमित

अमृता अनमोल

बुटवल — रुपन्देहीको बेलहिया नाकाबाट नेपाल प्रवेश गर्ने ६९ जनालाई कोरोना संक्रमण देखिएको छ ।

भारतबाट स्वदेश फर्किएका तीन सय ४६ जनाको एन्टिजेन परिक्षण गर्दा सोमबार ६९ जनामा संक्रमण देखिएको लुम्बिनी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमितहरूलाई होम आइसोलेसनमा बस्ने शर्तमा निजी सवारीबाट गन्तव्यतर्फ पठाइएको छ । पछिल्लो समय भारतमा कोभिड संक्रमित तीव्र रुपमा बढेपछि रोजगारी गुमाएर फर्किने नेपालीहरू बढेका छन् । नेपाल घुम्न आएका भारतीयलाई पनि संक्रमण देखिएपछि नेपाल प्रवेशमा रोक लगाइएको छ ।

कोरोना महामारीको तेस्रो लहरसँगै संक्रमण तीव्र रुपमा फैलिन थालेपछि विशेषगरी भारतसँग जोडिएका सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

प्रकाशित : माघ ३, २०७८ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?