१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

१० वर्षे शिक्षा योजना लागू

बर्दिया — बारबर्दिया नगरपालिकाले सञ्चालन गरिरहेको १० वर्षे शिक्षा सुधार योजनाअन्तर्गत स्थानीय पाठ्यपुस्तक र शिक्षक डायरी लागू गरेको छ ।

१० वर्षे शिक्षा योजना लागू

उक्त योजनामा एक दशकमा नगरपालिकाको शिक्षा अवस्थाबारे परिकल्पना गरिएको छ । एक दशकमा यहाँका विद्यार्थी अब्बल हुने नगर प्रमुख दुर्गाबहादुर थारुले दाबी गरे । यस योजनाले पालिकाको शैक्षिक गुणस्तर उकास्ने उनको भनाइ छ ।

शिक्षा सुधार योजनाअन्तर्गत भौतिक पूर्वाधार, कक्षाकोठा, फर्निचरलगायत कार्यालय कक्षमा सम्पूर्ण व्यवस्था गरिने भएको छ । विद्यालयमा कुनै कुराको अभाव हुन नदिने शिक्षा योजनामा रहेको छ । यस योजनाको सम्पूर्ण बजेट बारबर्दियाले खर्च गर्ने भएको छ ।


प्रकाशित : माघ ३, २०७८ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?