१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

वडामै पुगेर योजना सम्झौता

अर्घाखाँची — कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यान दिँदै छिटो काम सम्पन्न गर्न सन्धिखर्क नगरपालिकाले नगरसभाबाट विनियोजित बजेटका योजना वडा कार्यालयमै गएर धमाधम सम्झौता गरेको छ ।

नगरपालिका र वडास्तरीय योजना सम्बन्धित उपभोक्ता समिति, विभिन्न कार्यक्रम, विकास योजनाका काम नगर प्रमुख कमलप्रसाद भुसाल, उपप्रमुख ठाकुर विक र प्रमुख प्रकाशसीय अधिकृत नारायण अर्यालको टोली वडामै पुगेर सम्झौता गरेको हो । १२ वडा रहेको नगरमा अब १, २, ७, ९ र ११ वडामा मात्रै सम्झौता गर्न बाँकी रहेको अर्यालले बताए ।

‘एउटा योजना सम्झौता गर्न नगरपालिकामा आउनुपर्ने झन्झटबाट सेवाग्राहीलाई मुक्त गराउन वडामै पुगेका हौं,’ अर्यालले भने, ‘सेवालाई सहजता बनाउन वडामा पुगेर सम्झौता गर्ने र छिटोछरितो काम गर्न भनेका छौं । अहिलेसम्म बजेटको ७० प्रतिशत योजना सम्झौता भए ।’ वडामा ३० देखि ५० प्रतिशत काम पूरा भएको उनले बताए ।

सम्झौताअनुसारको काम सम्पन्न गरेर रकम भुक्तानी पनि वडाबाटै गर्न सकिने अर्यालले बताए । कोरोना भाइरसबाट जोगिन पनि सामाजिक दूरी कायम गरी सम्झौता भएका योजना छिटोछरितो र पारदर्शी ढंगबाट सम्पन्न गर्न नगर जोड दिएको छ । ‘छिटोछरितो योजनाको काम पूरा गर्ने वडालाई पुरस्कृत गरिनेछ,’ नगर प्रमुख भुसालले भने ।

प्रकाशित : माघ ३, २०७८ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?