सवारी दुर्घटनामा परी एकको मृत्यु

अमृता अनमोल

बुटवल — बुटवलमा भएको सवारी दुर्घटनामा परी आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवलका ३२ वर्षीय शोभाखर पन्थ रहेका छन् ।

सवारी दुर्घटनामा परी एकको मृत्यु

बुटवल-११ मगरघाटबाट योगीकुटीतर्फ आउँदै गरेको उनी चढेको लु ७० प १३५३ नम्बरको मोटरसाइकल विद्युत विस्तारका क्रममा खनेको खाल्डोमा परेको थियो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बिहान ६ बजे मर्निङ वाकमा हिँडेका यात्रुले दुर्घटनाबारे खबर गरेका थिए । त्यसपछि उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याए पनि केही समयपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित : माघ २, २०७८ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?