सवारी दुर्घटनामा परी एकको मृत्यु- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सवारी दुर्घटनामा परी एकको मृत्यु

अमृता अनमोल

बुटवल — बुटवलमा भएको सवारी दुर्घटनामा परी आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवलका ३२ वर्षीय शोभाखर पन्थ रहेका छन् ।

बुटवल-११ मगरघाटबाट योगीकुटीतर्फ आउँदै गरेको उनी चढेको लु ७० प १३५३ नम्बरको मोटरसाइकल विद्युत विस्तारका क्रममा खनेको खाल्डोमा परेको थियो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बिहान ६ बजे मर्निङ वाकमा हिँडेका यात्रुले दुर्घटनाबारे खबर गरेका थिए । त्यसपछि उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याए पनि केही समयपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित : माघ २, २०७८ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्

कर्णाली प्रदेशभर कोभिड विशेष एम्बुलेन्स सेवा सुरु गरिने

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारले प्रदेशभर कोभिड विशेष एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । प्रदेशका दशवटै जिल्लामा एम्बुलेन्स तयारी अवस्थामा राख्न मुख्यमन्त्री जीबनबहादुर शाहीले मातहतका निकायलाई निर्देशन दिएका हुन् । 

प्रदेश विपद् व्यवस्थापन समितिको वैठकपछि उनले तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै प्रत्येक जिल्लामा एम्बुलेन्स तयारी अवस्थामा रँख्न निर्देशन दिएका हुन् । यसका लागि प्रदेश सरकारले तत्काल एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाउने निर्णय पनि विपद व्यवस्थापन समितिको वैठकले गरेको छ ।

वैठकले छिन्चुमा होल्डिङ सेन्टर बनाउने, भारतसहित तेस्रो मुलुकबाट कर्णाली भित्रिनेहरुको अनिवार्य एन्टिजेन परिक्षण गर्ने निर्णय गरेको छ । वैठकले प्रदेश सरकारले आफ्नो तर्फबाट गर्न सक्ने कामहरु तत्काल सुरु गर्ने निर्णय पनि गरेको छ । यस्तै, बाहिरी मुलुकबाट आउने कर्णालीका नागरिकमध्ये सडक पुर्वाधार पुगेका जिल्लाका भए सम्बन्धित जिल्लामा पु¥याउने र सडक नपुगेको ठाउ“का भए होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गरिने बताईएको छ ।

मुख्यमन्त्री शाहीले सबै तहका स्वास्थ्य संस्थाहरुलाई कोभिड प्रतिकार्यका लागि उच्च सतर्कताका साथ क्रियाशील रहन र प्रचारप्रसारलाई तिव्रता दिन निर्देशन समेत दिएका छन् ।

साथै सरकारले कोभिड नियन्त्रण कार्यमा खटिनेहरुलाई मात्र जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रकाशित : माघ २, २०७८ ०९:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×