बाघको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत- लुम्बिनी - कान्तिपुर समाचार

बाघको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत

रुपा गहतराज

नेपालगन्ज — प्रदेश सरकारले ‘मानव वन्यजन्तु द्वन्द्व न्युनीकरण कार्यक्रम' मार्फत् बाँकेमा बाघको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत प्रदान गरेको छ ।

डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कंडेलले मृतकको घरमै पुगेर प्रति परिवार ५० हजारका दरले चेक हस्तान्तरण गरे। दुवै पीडित परिवारलाई ५०/५० हजार हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख कंडेलले बताए ।

बाघले आक्रमण गर्दा राप्ती सोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी ४ पर्सोनाकी ५३ वर्षीया लिला विष्टको गत साता मृत्यु भएको थियो।

यस्तै वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दी बाँकेले पनि फत्तेपुरका पीडित परिवारलाई काजकिरिया खर्चस्वरुप १० हजार प्रदान गरेको छ।

समन्वय समितिका अध्यक्ष लवराज खरेलले शुक्रबार सो रकम हस्तान्तरण गरेका थिए । समन्वय समितिको कार्यक्षेत्रअन्तर्गत पर्ने सामुदायिक वन उपभोक्ता मृतक चाँदनीका परिवारलाई किरिया खर्च दिएको खरेलले बताए।

यसअघि राप्ती सोनारी गाउँपालिकाले पनि बाघको आक्रमणबाट ज्यान गुमाएका लिला र चाँदनीको परिवारलाई किरिया खर्च बापत २०/२० हजार रुपैयाँ हस्तान्तरण गरेको थियो ।

प्रकाशित : माघ १, २०७८ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्

भारतीय क्रिकेटको कप्तानीबाट विराटको राजीनामा

कान्तिपुर संवाददाता

नयाँदिल्ली — भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले कप्तानीबाट राजीनामा दिएका छन् । दक्षिण अफ्रिका सिरिजमा लज्जास्पद हारपछि विराटले राजीनामा घोषणा गरेका हुन् ।

शनिबार उनले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् । विराटले आफूलाई कप्तानको रुपमा विश्वास गरेकोमा पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई धन्यवादसमेत दिएका छन् । साथै टोलीका सबै खेलाडीलाई उनले धन्यवाद दिए ।

उनले आफूले खेलसहित हरेक काममा १२० प्रतिशत मेहनत लगाउने गरेको पनि आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् । कोहलीलाई यसअघि दक्षिण अफ्रि टेस्ट सिरिजअघि नै वान डेको कप्तानीबाट हटाइएको थियो ।

विराटले टिमलाई सही दिशामा बढाउन ७ वर्षसम्म आफूले हरेक दिन कठिन मेहनत गरेको बताएका छन् । साथै यस क्रममा आफूले इमानदारी साथ काम गरेको र यसमा कुनै कसर बाँकी नराखेको उनको भनाइ छ ।

'टिमलाई सही दिशामा लैजानका लागि मैले ७ वर्षसम्म हरेक दिन कठिन परिश्रम गरें । मैले आफ्नो काम पूर्ण इमानदारीसाथ गरें । यसमा कुनै कसर छोडिनँ । म सधैँ हरेक चिजमा १२० प्रतिशत योगदान दिन चाहन्छु,' विराटले विज्ञप्तिमा भनेका छन् ।

यस्तै उनले आफ्नो टोलीलाई कहिल्यै धोका दिन नसक्ने पनि विज्ञप्तिका उल्लेख गरेका छन् । साथै उनले भारतीय क्रिकेट बोर्डलाई पनि धन्यवाद दिएका छन् । आफूलाई टिमको नेतृत्व गर्ने जिम्मेवारी दिएकोमा उनले धन्यवाद दिएका थिए । विराटलाई यसअघि दक्षिण अफ्रिका सिरिजअघि नै वान डे कप्तानबाट हटाइएको थियो ।

प्रकाशित : माघ १, २०७८ २०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×