ब्राउन सुगरसहित चार जना पक्राउ

कमल पन्थी

बर्दिया — प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका चार जनालाई १२ दशमलव ३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले जिल्लाका विभिन्न नाकाबाट उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका-२ का ३३ वर्षीय विवश भण्डारी र सोही ठाउँका २१ वर्षीय विशाल परियार रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हेमबहादुर शाहीले जानकारी दिए । उनीहरूबाट १ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ ।

त्यसैगरी दैलेख गुरास गाउँपालिका-३ का ३० वर्षीय तुलाराम शर्माबाट ७ ग्राम ४ सय ४० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ । प्रहरीले उनीसँग रहेको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।

३ ग्राम ४ सय ६० मिलिग्राम ब्राउन सुगरसहित गुलरिया नगरपालिका-४ का ३० वर्षीय विपिन सुनार पक्राउ परेको डिएसपी शाहीले बताए । सुनारबाट एक थान मोटरसाइकल बरामद गरिएको छ ।

सुनार गुलरिया नाका र अन्य तीन जना बढैयातालस्थित नेपाल-भारत सिमानाबाट पक्राउ परेका हुन् । उनीहरूविरुद्ध लागूऔषध अपराधमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस ३०, २०७८ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?