कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नक्कली नोटसहित २ जना पक्राउ

नवीन पौडेल

परासी — पश्चिम नवलपरासी प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न भएको आरोपमा २ जनालाई पक्राउ गरेको छ । सदरमुकाम परासीको बजारमा विभिन्न सामान खरिद गर्ने र नक्कली नोट साटिरहेको अवस्थामा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ रसिद मोहम्मद र कपिलबस्तुको शुद्धोदन गाउँपालिका–२ का जमाल मुसलमान पक्राउ परेका हुन् ।

नक्कली नोटसहित २ जना पक्राउ

उनीहरुको साथबाट नेपाली १ हजार नक्कली नोट २५ थान, भारतीय १ सयको तीन थान, र भारतीय ५० रुपैयाँको १७ थान नोट बरामद गरेको प्रहरी नायब उपरीक्षक प्रेम बहादुर शाहीले बताए । पक्राउ परेका दुवै जनालाई नक्कली नोट कसुरमा मुद्दा चलाएर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

पक्राउ परेका युवाले रुपन्देही, कपिलबस्तु र नवलपरासीका बजारमा नक्कली नोटको कारोबार गरिरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ ।

प्रकाशित : पुस २९, २०७८ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?