मध्यरातमा शितला बजारमा डकैती

कमल पन्थी

बर्दिया — बढैयाताल गाउँपालिका—८ शितला बजारमा बुधबार मध्यरातमा डाँकाले लुटपाट गरेका छन् । समूहमा आएका डाँकाले सुनचाँदी व्यवसाय गर्दै आएका परशुराम सार्कीको घरमा पेस्तोल देखाएर करिब ३ लाख ५० हजार मूल्य बराबरका सुनका गरगहना लुटेका हुन् ।

डाँकाले ५० हजार नगद लुटेर लगेको पीडितले प्रहरी समक्ष जाहेरी दिएका छन् ।

घटनास्थल प्रहरी चौकी शितलाबजार नजिक भएपनि डकैती भएको जानकारी ढिलो पाएको प्रहरीले बताएको छ । स्थानीयले प्रहरी ड्युटीमा नबस्दा डकैतीको घटना भएको गुनासो पोखे । प्रहरी प्रवक्ता डिएसपी हेमबहादुर शाहीले डाँकाहरु भारतबाट आएको आशंका गरिएको जनाए ।

घटनाबारे अनुसन्धान भइरहेको डिएसपी शाहीले बताए । यसअघि पनि शितला बजारमा पटकपटक चोरीका घटना भएका छन् ।



प्रकाशित : पुस २९, २०७८ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?