१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कोरोना संक्रमण बढेपछि तुलसीपुरका विद्यालय माघ ३ गतेसम्म बन्द

दुर्गालाल केसी

दाङ — तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरुमा आगामी माघ ३ गतेसम्मका लागि पूर्ण रुपमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
विद्यालयमा कोरोना संक्रमणको दर तीव्र रुपमा बढेपछि पठनपाठन बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

कोरोना संक्रमण बढेपछि तुलसीपुरका विद्यालय माघ ३ गतेसम्म बन्द

परीक्षणमा तुलसीपुर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालय गरी ५ वटा विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि ८३ वटा सामुदायिक र ६८ वटा संस्थागत विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ ।

विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण दर फैलिएपछि शुक्रबार तुलसीपुर उपमहानगरपालिकाले आकस्मिक बैठक बसी यस्तो निर्णय गरेको शिक्षा समिति संयोजक कुमार लामिछानेले बताए ।

तीन दिनमै तुलसीपुर क्षेत्रमा मात्रै ८४ जनामा कोरोना संक्रमण देखिएको छ । तुलसीपुरको सेन्टर मावि, गुरु जजुर नमुना मावि, अश्वारामा माविमा शिक्षक र विद्यार्थीमा संक्रमण देखिएपछि सबै विद्यालय बन्द गरिएको हो ।

प्रकाशित : पुस २४, २०७८ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?