१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

राप्ती सोनारीमा बाघको आक्रमणबाट महिलाको मृत्यु

जे पाण्डे

नेपालगन्ज — बाँकेको राप्ती सोनारी गाउँपालिकामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । वडा नम्बर ६ मा बाघको आक्रमणबाट ३२ वर्षीया चन्द्रकला थारुको ज्यान गएको हो ।

माघी पर्वका लागि टपरी बनाउन सालको पात टिप्न शनिबार बिहान जंगल गएकी थारुको मृत्यु बाघको आक्रमणबाट भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएकी थारुको घटनास्थलमै मृत्यु भएको भोजभगवानपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बसन्त गौतमले जानकारी दिए ।

पात टिप्‍न गएका महिलाहरू बाघलाई देखेपछि भागेका थिए । उनीहरूको उद्धारका लागि १२ जनाको प्रहरी टोली परिचालन गरिएको थियो । उनीहरूको खोजी गर्ने क्रममा थारुको शव फेला परेको प्रहरी निरीक्षक गौतमले बताए । पात टिप्न गएका अन्य सबै महिला सकुशल रहेको प्रहरीले जनाएको छ ।

यसअघि पुस २२ गते बाघको आक्रमणमा परी राप्ती सोनारी-४ पर्सोना गाउँकी ५२ वर्षीया लिला विष्टको मृत्यु भएको थियो ।

प्रकाशित : पुस २४, २०७८ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?