२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

काशीराम डाँगी

रोल्पा — पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाको पोबाङबाट सुलीचौरतिर आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा च्यापिएर सहचालकको मृत्यु भएको छ । 

रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

प्रहरीले सहचालकको मृत्यु ट्र्याक्टरबाट खस्दा च्यापिएकाले भएको जनाएको छ । प्रहरीका अनुसार बुधबार दिउँसो ना ७ त ६४२६ नम्बसरको ट्र्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा सुनछहरी गाउँपालिका–५ जुबाङ घर भएका सहचालक वर्ष १९ का पूर्णसिंह विक घाइते भएका थिए । उनलाई सुलिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै मुत्यु भएको हो ।

प्रहरीले ट्र्याक्टर र चालक लुङरी गाउँपालिका–१ का वर्ष २३ का मनबहादुर घर्तीमगरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाएको छ ।

प्रकाशित : पुस २३, २०७८ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?