कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

चिसो बढेपछि बर्दियाका अधिकांश विद्यालय बन्द

बर्दिया — अत्यधिक चिसोसँगै चलेको हावाले जनजीवन प्रभावित भएपछि बर्दियाका अधिकांश पालिकाले दुईदेखि चार दिनसम्म विद्यालय बन्द गरेका छन् । गुलरिया नगरपालिकाले पुस २२ देखि २५ सम्म आफ्नो पालिकाभित्र पर्ने विद्यालय बन्द गराएको छ ।

शिक्षा‚ युवा तथा खेलकुद शाखाका प्रमुख शतिश यादवले चिसो बढेका कारण बालबालिका निकै प्रभावित भएकाले चार दिनका लागि विद्यालय बन्द गरिएको जनाए ।

थप चिसो बढे गर्मी बिदामा कटौती गरी विद्यालय बन्द गरिने उनले बताए । चार दिनयता जिल्लामा चिसोसँगै बाक्लो हुस्सु लागेकाले बारबर्दिया र मधुवन नगरपालिकाले पनि केही दिनका लागि विद्यालय बन्द गरेका छन् ।

बाक्लो हुस्सुले दिउँसै अँध्यारोजस्तै भएको छ । सिमसिमे पानीजस्तै शीत परेपछि धोएका लुगा लामो समयसम्म सुक्न पाएका छैनन् ।

प्रकाशित : पुस २१, २०७८ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?