कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा छुट्टा छुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका–१२ देवकोटा चोकमा बुधबार बिहान लु ३४ प १३७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सिद्धार्थनगर १२ बस्ने २५ वर्षीय आशिष यादवको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्तपालमा उपचारको क्रममा बिहान ३ बजेर ४० मिनेटमा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी निरीक्षक मधु नेपालले बताए । सोही मोटरसाइकलमा सवार सिद्धार्थनगर नगरपालिका–१२ का राहुल गुरुङ घाइते भएको र उनको उपचार भएको नेपालले जनाए ।

त्यस्तै, बुटवल उपमहागनगरपालिका–५ नेपालगन्ज रोडमा मंगलबार राति स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको हो ।

पैदलयात्री नवलपरासी वर्दघाट नगरपालिका चिसापानी घर भई हाल बुटवल उपमहानगरपालिका–९ दिपनगर बस्ने ५१ वर्षीय सुवास रानाको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका रानाको मंगलबार राति उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

प्रकाशित : पुस २१, २०७८ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?