१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

व्यापारी हत्याका आरोपित सार्वजनिक

नवीन पौडेल

परासी — व्यापारीको हत्या गरेर नारायणी नदीमा फालेको आरोपमा पक्राउ परेका तीन अभियुक्तलाई पश्चिम नवलपरासी प्रहरीले सार्वजनिक गरेको छ ।

व्यापारी हत्याका आरोपित सार्वजनिक

जिल्लाको बर्दघाट नगरपालिका- १३ का व्यवसायी गोविन्द धोबीलाई असोज ६ गते सुस्ता गाउँपालिका- १ मा मदिरा सेवन गराएर घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ परेका तीन अभियुक्तलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो । हत्या गरी नारायणी नदीको ठोकर नम्बर ६ मा फालिएको अवस्थामा धोबीको शव फेला परेको थियो ।

घटनामा संलग्न रहेको आरोपमा सुस्ता गाउँपालिका- १ का ३५ वर्षीय वीरबहादुर राजभर, सुदीप कुमार केवट र सुरेन्द्र कहाँरलाई पक्राउ गरेर मंगलबार सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रेमबहादुर शाहीले बताए । घटनामा संलग्न मुन्ना कहाँर अझै पनि फरार रहेका छन् ।

धोबीको हत्या गरेर नदीमा फालेको र हत्या भएका धोबीको गाडी जलाएको अवस्थामा फेला परेको थियो । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस २१, २०७८ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?