३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रोल्पामा अटो दुर्घटना, चालकको मृत्यु

काशीराम डाँगी

रोल्पा — रोल्पामा आइतबार अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रोल्पा नगरपालिका–९ होमाबाट सदरमुकाम लिबाङ आउँदै गरेको अटो पल्टिँदा ३४ वर्षीय चालक खुम रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार होमा पुगेर सदरमुकाम लिबाङ फर्कने क्रममा रा १ ह ३०५१ नम्बरको अटो दिउँसो १ बजेतिर गर्पा गाउँ नजिकै सडकबाट २ सय मिटर तल खसेको थियो ।

प्रहरीका अनुसार रुन्टीगढी गाउँपालिका–९ घर भएका अटो चालक रोकाको घटनास्थलमै मृत्यु भएको थियो । अटोमा उनी मात्रै सवार थिए । घटनापछि उद्धार गर्न पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले मृतकको शव पोष्टमार्टमका लागि रेउघास्थित रोल्पा अस्पतालमा पुर्‍याएको थियो ।

प्रहरीका अनुसार जिल्लामा करिब २ सयको संख्यामा अटो संचालनमा छन् । सदरमुकाम लिबाङमा मात्रै एक सयभन्दा बढी अटो संचालनमा छन् । अधिकांश चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको प्रहरीले जनाएको छ ।

यस्ता अटो अति दुर्गम स्थानसम्म पुर्‍याउने कारण यस्ता दुर्घटना दोहोरिने गरेका छन् । प्रहरीका अनुसार अटो चालकले जथाभावी अटो चलाउने गरेकाले पनि जिल्लामा दुर्घटना बढेका छन् ।

प्रकाशित : पुस १८, २०७८ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?