कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकै दिन २४ फरार अभियुक्त पक्राउ

नवीन पौडेल

परासी — जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले एकै दिनमा २४ जना फरार अभियुक्त पक्राउ गरेको छ । यति धेरै संख्यामा फरार अभियुक्त एकै दिन पक्राउ गरेको यो पहिलो पटक हो ।

एकै दिन २४ फरार अभियुक्त पक्राउ

पक्राउ परेकाहरुमा लागूऔषध मुद्दाका १ जना, सवारी ज्यान मुद्दाका २ जना, कुटपिट मुद्दाका १७ जना, चोरी मुद्दाका २ जना, जाल साझी मुद्दाका १ जना र १ जना सार्वजनिक अपराध मुद्दाका रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी प्रेमबहादुर शाहीले बताए । प्रहरीले फरार अभियुक्तको खोजी कार्यलाई मिसन नै बनाएर खोजी सुरु गरेको छ ।

पक्राउ पर्नेमा २१ वर्षदेखि फरार प्रतिवादी रहेका छन् । पक्राउ परेका सबैलाई जिल्ला अदालत पेश गरेर आवश्यक कारबाहीको लागि पेश गरिएको छ । सिमावर्ती नाकाको जिल्ला भएकाले अपराध गरेर भारततर्फ भाग्ने गर्दछन् । फरार प्रतिवादीको निगरानी बढाएर प्रहरीले पक्राउ गर्ने गरेको छ ।

प्रकाशित : पुस ५, २०७८ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?