नमुना विद्यालयमै तालाबन्दी- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नमुना विद्यालयमै तालाबन्दी

कान्तिपुर संवाददाता

रोल्पा — लिवाङस्थित बाल कल्याण माध्यमिक विद्यालयमा अनियमितता भएको आरोप लगाउँदै विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले तालाबन्दी गरेको छ ।

जिल्लामा नमुना विद्यालयका रूपमा रहेको बालकल्याण माविको प्रशासन र लेखा कार्यालयमा गएको आइतबारदेखि तालाबन्दी गरिएको हो । शिक्षा नियमावलीविपरीत विद्यालयले विद्यार्थीबाट रकम लिइरहेको आरोप लगाउँदै उक्त संगठनको नेतृत्वमा अनिश्चितकालीन तालाबन्दी गरिएको हो । उक्त संगठनले ८ बुँदै मागपत्रसमेत बुझाएको छ । संगठनका जिल्ला अध्यक्ष हरिबहादुर वलीले विज्ञप्ति सार्वजनिक गर्दै विद्यार्थीबाट चर्को शुल्क असुलेकाले तालाबन्दी गरिएको बताए ।

कक्षा १० का विद्यार्थीबाट महँगो गरी २ हजार ५ सय रुपैयाँ भर्ना शुल्क लिएको, अंग्रेजी र नेपाली माध्यममा पढाउँदा भेदभाव गरिएको, कक्षा १० उत्तीर्ण गरेपछि लब्धांकपत्र दिने बेला विद्यार्थीबाट २ हजार ७ सय ५० रुपैयाँ शुल्क लिई बाधा पारेको, कक्षा १० का विद्यार्थीलाई अनिवार्य होस्टलमा बस्न बाध्य बनाएको, त्यसको शुल्क ५ हजार रुपैयाँ लिएको, कोचिङ कक्षाका नाममा महँगो शुल्क लिएको लगायतका मागबारे विद्यालय प्रशासनसँग छफफल गर्दा पनि नमानेकाले आन्दोलन गर्नुपरेको क्रान्तिकारीले विज्ञप्तिमार्फत जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिले भने विद्यालयमा तालाबन्दी गर्नु दुर्भाग्यपूर्ण भएको बताएको छ । समितिका अध्यक्ष महेश न्यौपानेले मंगलबार पत्रकार सम्मेलन गरी आधारहीन आरोप लगाउँदै विद्यालयमा तालाबन्दी गर्नु गैरजिम्मेवारपूर्ण कार्य भएको बताए ।

प्रकाशित : पुस १, २०७८ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्

छात्रामाथि बलात्कारको आरोपमा प्रिन्सिपल पक्राउ 

रुपा गहतराज

बाँके — नेपालगन्जको एक निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपल एक छात्रामाथि बलात्कारको आरोपमा पक्राउ परेका छन् । पीडित छात्राको उजुरीका आधारमा नेपालगन्ज–१८ कारकाँदोस्थित स्प्रिङडेल एकेडेमीका अध्यक्ष तथा प्लस टू तर्फका फाउन्डर प्रिन्सिपल हिक्मत रावललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रवक्ता खिमबहादुर घर्ती मगरले बताए ।

एक हप्तापछि मात्र प्रहरीले घटना सार्वजनिक गरेको हो । ‘गत मंसिर २३ गते परेको उजुरीका आधारमा २४ गते स्कुलबाटै पक्राउ गरेका हौँ, प्रवक्ता मगरले भने,‘रावललाई अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेका छौँ ।’

प्रिन्सिपल रावलमाथि छात्रालाई पटक–पटक बलात्कार गरेको आरोप रहेको प्रवक्ता मगरले बताए । आफनै विद्यार्थीलाई ट्युसन पढाउने नाममा होटलमा लगेर बलात्कार गरेको खुल्न आएको प्रहरीको भनाइ छ ।

रावलले ती छात्रालाई पटक पटक प्रलोधन र त्रास देखाएर यौन सम्बन्ध राख्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रकाशित : पुस १, २०७८ १०:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×