कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बुटवलको सडक विस्तार छिटो सक्न माग गर्दै स्थानीय आन्दोलित

अमृता अनमोल

बुटवल — विस्तार थालिएको बुटवलको राजमार्ग क्षेत्र छिटो सक्न माग गर्दै स्थानीय आन्दोलित भएका छन् । पूर्वपश्चिम र उत्तरदक्षिण राजमार्गमा पर्ने चौराहादेखि गोलपार्कसम्मको सडक समयमा नसकिँदा धुलोले बसिनसक्नु भएको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।

बुटवलको सडक विस्तार छिटो सक्न माग गर्दै स्थानीय आन्दोलित

चुरे तिनाउ संरक्षण समिति बुटवलका नाममा संगठित पीडितले विस्तार थालिएको सडक भताभुंग छोड्दा दुर्घटना बढेको बताए । धुलोले घरमा बसीनसक्नु भएको सडकमा सवारीका साधन हुत्तिने, उछिट्टने र गुल्टिने भइरहेकाले बाध्य भएर आन्दोलनमा उत्रिएको अध्यक्ष कमल गौतमले बताए ।

विस्तार थालिएको बुटवलको मुख्य सडक चौराहदेखि चिडियाखोलासम्मको सडकको दुरी करिब साढे ३ किलोमिटर छ । चार लेनको सडकलाई ६ लेनको बनाउन भन्दै ०७३ देखि निर्माण प्रक्रियामा लगिएको थियो । बेलहिया बुटवल व्यापारिक मार्ग आयोजनाले ०७३ चैतमा कंचनजंगा बिरुवा जेभीलाई ३० महिनामा सक्नेगरी ठेक्का दिएको थियो । अहिलेसम्म विस्तारको काम जम्मा ५ प्रतिशत सकिएको छ । ५ वर्षअघि विस्तार सुरु भएको सडकको बाँकी काम कहिले सकिने टुंगो छैन ।

यस्तै समितिले ज्योतिनगरको पहिरो नियन्त्रणको समुचित व्यवस्थापन र बस्ती सुरक्षित बनाउनुपर्ने झुम्सा खानेपानी योजना तुरुन्त सम्पन्न गर्नुपर्नेलगायत माग राखी दुई महिने संर्घषका कार्यक्रम सार्वजनिक गरेको छ । जसमा जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्रीको कार्यालय र बुटवल उपमहानगरपालिकाको कार्यालय र राजनीतिक दलका कार्यालयमा समस्या समाधानका लागि ध्यानाकर्षण गराउने, धर्ना दिनेलगायत कार्यक्रम तय भएका छन् ।

प्रकाशित : मंसिर २१, २०७८ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?