२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बुटवलमा भन्सार छलीको जुत्तासहितको गाडी नियन्त्रणमा            

माधव ढुंगाना

भैरहवा — भन्सार छलेर नेपाल भित्र्याइएको करिब ९ लाख रुपैयाँका भारतीय विभिन्न ब्राण्डका जुत्तासहित गाडी रुपन्देही प्रहरीले आइतबार बिहान नियन्त्रणमा लिएको छ । 

बुटवलमा भन्सार छलीको जुत्तासहितको गाडी नियन्त्रणमा            

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका–२ स्थित तिनाउ पुलबाट लु १ च ८२१३ नम्बरको पीकअप गाडीसहित ७ सय ५० जोर जुत्ता पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा प्रवक्ता नवरत्न पौडेलले जनाए । उनका अनुसार, भारतीय कम्पनी ऐर, बाटा, स्पोर्टस लगायतका ब्राण्डका ती जुत्ता भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याइएको हो । गाडीसहित रुपन्देही सैनामैना नगरपालिका–४ मुर्गिया निवासी ३२ वर्षीय चालक विष्णु थापा पक्राउ परेका छन् ।

बरामद भएका जुत्ता, ढुवानीमा प्रयोग गरिएको गाडी र चालकलाई कारबाही लागि आइतबार नै भैरहवा भन्सार कार्यालय पठाइएको छ ।

चालक थापाले उक्त परिमाणको जुत्ता कपिलवस्तुबाट बुटवलका लागि ल्याएको प्रारम्भिक बयान दिए पनि कुन पसलबाट ल्याएको र कसलाई दिने हो ? भन्ने बारेमा केही खुलेको छैन ।


प्रकाशित : मंसिर १९, २०७८ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?