३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सुनवलको बेलिब्रिजमा समस्या आएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको सुनवलमा बेलिब्रिजमा क्षति पुगेपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ । स्थानीय तुरिया खोलामा रहेको पुल भदौ १० गते बाढीको कारण भासिएपछि बेलिब्रिज निर्माण गरिएको थियो । बेलिब्रिजमा समस्या आएपछि शनिबार साँझबाट सवारी आवागमन बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख बासुदेव नेपालले बताए । 

सुनवलको बेलिब्रिजमा समस्या आएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

नारायणगढ-बुटवल सडक बिस्तारको क्रममा नयाँ पुल निर्माणको क्रममा छ । सोही स्थानमा पुल निर्माणको लागि खाडल खन्ने क्रममा बेलिब्रिजको भाग भासिएपछि यातायात ठप्प भएको हो । पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएपछि बर्दघाटबाट बुटवल जानुपर्ने सवारीलाई भुमही हुँदै भैरहवातर्फबाट संचालन गराइएको छ भने बुटवलबाट पूर्व आउने सवारीलाई भैरहवा परासी सडक खण्डबाट संचालनको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

भदौ १० गते बाढीको कारण जीर्ण पुल भासिएपछि भदौ ३० गतेबाट बेलिब्रिज संचालनमा ल्याइएको थियो । ओभरलोड सवारीको कारण पूर्व-पश्चिम राजमार्गअन्तर्गतका अधिकांश पुल जीर्ण अवस्थामा छ ।


प्रकाशित : मंसिर १८, २०७८ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?