भारतबाट महिलाको उद्वार- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतबाट महिलाको उद्वार

कमल पन्थी

बर्दिया — सशस्त्र प्रहरी बलले एक नेपाली महिलालाई भारतबाट उद्वार गरी आफन्तलाई बुझाएको छ । मधुवन नगरपालिका-९ का तीनजना पुरुषको साथमा भारत पुगेकी ती महिलालाई एसएसबीले बेचिएको आशंकामा उद्वार गरी नेपाल पठाएको हो ।

भारतको उत्तर प्रदेश राज्य बहराइचको निशानगाढास्थित एसएसबीले चेकजाँच गर्दा मानव बेचबिखनको आशंकामा महिलालाई भारत पुर्‍याउने तीनजना पुरुषलाई भने पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको हो ।

एसएसबीले मधुवन नगरपालिका धर्मवस्तीस्थित विओपीमा जानकारी दिएपछि सशस्त्र प्रहरी नायव निरीक्षक चित्रबहादुर पुनको कमाण्डमा खटिएको टोलीले चारैजनालाई आफन्तको जिम्मा लगाएको छ ।

उद्वार गरिएकी गुलरिया-१ का ३६ वर्षीय महिलासहित सोही ठाउँका २७, ३० र ३० वर्षका पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । उद्वार तथा पक्राउ परेका सबैलाई उनका आफन्त समक्ष बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले बताए ।

प्रकाशित : मंसिर १८, २०७८ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्

विपन्न र जेहेनदारलाई गाउँपालिकाले इन्जिनियर पढाउने

रासस

काठमाडौँ — तनहुँको बन्दीपुर गाउँपालिका कार्यालयले स्थानीय दुई विद्यार्थीलाई इन्जिनियर पढाउने भएको छ । गाउँपालिकाले आफ्नै लगानीमा इन्जिनियर पढाउनको लागि आठ लाख बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले त्यसका लागि कार्यविधि बनाउने अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए ।

कार्यपालिकाले छात्रवृत्तिसम्बन्धी कार्यविधि बनाएर खुला सूचना प्रकाशित गर्ने जनाएको छ । विपन्न लक्षित कार्यक्रम भएकाले सरकारी स्कुलमा अध्ययन गरेका गरिब, दलित, आदिवासी जनजाति समुदायकालाई प्राथमिकता दिइने योजना छ ।

गाउँपालिका क्षेत्रमा प्राविधिक क्षेत्रमा लाग्ने जनशक्ति कम देखिएकाले प्राविधिक जनशक्ति प्रवद्र्धन गर्नुपर्छ भन्ने हेतुले गाउँपालिकाले सुरुआत गर्न लागेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए ।

सरकारी कलेजमा पढ्न पुग्ने गरी बजेट विनियोजन गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । गाउँपालिकाको लगानीमा इन्जिनियर बनेपछि विद्यार्थीहरूले गाउँपालिकामै बसेर सेवा गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित : मंसिर १८, २०७८ ११:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×