उत्तर प्रदेशकी राज्यपाल लुम्बिनीमा

लुम्बिनी — भारतको उत्तर प्रदेशकी राज्यपाल आनन्दी बेन पटेलले लुम्बिनीको भ्रमण गरेकी छन् । उनले शुक्रबार मायादेवी मन्दिरको गर्भगृह र अशोक स्तम्भमा पूजाआजा गरिन् । ६ घण्टा लुम्बिनीमा बिताइन् ।

उत्तर प्रदेशकी राज्यपाल लुम्बिनीमा

गुजरात राज्यकी पूर्वमुख्यमन्त्री समेत रहेकी उनले लुम्बिनीमा रहेको थाई, म्यानमार, कम्बोडिया र जापानलगायतका मुलुकद्वारा निर्मित विहार, गुम्बा मन्दिरको पनि अवलोकन गरेकी थिइन् ।

उनलाई लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले स्वागत गरे । लुम्बिनी विकास गुरुयोजनाबारे कोषका सूचना अधिकृत हरिध्वज राईले जानकारी दिएका थिए ।

प्रकाशित : मंसिर १८, २०७८ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?