कांग्रेस कपिलवस्तु सभापतिमा पौडेल पक्षका खाँ विजयी

मनोज पौडेल

कपिलवस्तु — कांगेस कपिलवस्तुको जिल्ला सभापतिमा अब्दुलकलाम खाँ विजयी भएका छन् । उनले १०९ मत बढी ल्याएर विजयी भएका हुन् । खाँले ९२८ मत ल्याएका थिए । उनको निकटतम प्रतिद्वन्द्वी देउवा पक्षका राजेश आचार्यले ८१९ मत ल्याएका थिए ।

कांग्रेस कपिलवस्तु सभापतिमा पौडेल पक्षका खाँ विजयी

यस्तै, उपसभापतिमा पौडेल पक्षकै हुमाकान्त खनाल ८३२ र रजतराज आचार्य ८२६ मत ल्याएर विजयी भएका छन् ।

सचिवमा भने पौडेल पक्षकै खोमबहादुर सिंह ठकुरी ९२८ र प्रेमबहादुर रायमाझी ८७६ मत ल्याएर विजयी भएका छन् । त्यसैगरी सहसचिवमा विरेन्द्र शुक्ला र मोहम्मद वजिह अरसद विजयी भएका छन् ।

जिल्ला समितिमा बहुमत सदस्य पौडेल पक्षले जितेका छन् ।

प्रकाशित : मंसिर १४, २०७८ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?