कडा सुरक्षाबीच बर्दिया कांग्रेसको जिल्ला समितिको निर्वाचन, मतदान केन्द्रमा मोबाइल निषेध

कमल पन्थी

बर्दिया — कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार बर्दियामा जिल्ला कार्यसमितिको निर्वाचनलाई मध्यनजर राख्दै सुरक्षाको व्यवस्था कडा पारिएको छ । मतदानस्थलमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको बाक्लो उपस्थिति छ । 

कडा सुरक्षाबीच बर्दिया कांग्रेसको जिल्ला समितिको निर्वाचन, मतदान केन्द्रमा मोबाइल निषेध

प्रहरीका एक अधिकारीका अनुसार पार्टीको निर्वाचनमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताए । उनले सांसद र पालिकाको निर्वाचनमा सुरक्षा दिनुपर्दा कस्तो अवस्था होला भन्दै प्रश्न समेत गरे ।

गुलरिया नगरपालिकाको मैदानको भवनभित्र मतदानस्थल राखिएको छ । जिल्लाभरका १ हजार ६ सय २२ जना मतदाता रहेको कांग्रेसले जनाएको छ ।

सभापति, उपसभापति, सचिव, उपसचिवलगायत केन्द्रीय, क्षेत्रीय प्रतिनिधि सदस्य पदका लागि ९३ जनाले ४५ पदका लागि प्रतिस्पर्धा गरिरहेको निर्वाचन समितिले जनाएको छ । सभापतिमा संस्थापन पक्षका अरुणसिंह राठौर र पौडेल पक्षका भुवनेश्वर चौधरीले उम्मेदवारी दिएका छन् ।

प्रकाशित : मंसिर १३, २०७८ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?