हजुरबासँगै विजयी नातिनी भन्छिन् : राजनीतिसँगै समाजसेवा गर्छु - लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हजुरबासँगै विजयी नातिनी भन्छिन् : राजनीतिसँगै समाजसेवा गर्छु 

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु क्षेत्र नं. ३ मा नातिनी कांग्रेस महाधिवेशन प्रतिनिधिमा र हजुरबुबा क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । निर्वाचित हुनेमा १९ वर्षीया सूचना मिश्रा र उनका हजुरबुबा ६५ वर्षीय बह्मानन्द उपाध्याय छन् ।

बह्मानन्द क्षेत्र नं. ३ को क्षेत्रीय सभापतिमा पनि विजयी भए । राजनीतिमा युवाको उपस्थितिले पार्टीसंगै सिंगो देशको रूपान्तरणका लागि सहयोग पुर्‍याउँछ । त्यसैले काठमाडौं तिनकुनेस्थित ट्रिनिटी इन्टरनेसनल कलेजमा ब्याचलर अफ सोसल वर्क पहिलो वर्षमा अध्ययनरत मिश्र गाउँ आएर प्रचार थालिन् । उम्मेदवारी दिइन् । ३१० मत पाएर विजयी भइन् । ‘मेरो रुचि नै सोसल वर्क हो,’ उनले भनिन्, ‘त्यसैले मलाई राजनीति बुझ्न सजिलो भयो ।’

‘मतदाताको भावना बुझेर अघि बढेँ । पहिलो पटकमै जिम्मेवारी पाए । अब कांग्रेस महाधिवेशनमा युवा नीति पारित गराएर युवाको एजेन्डा स्थापित गराउँन लाग्छु,’ उनले भनिन् । ‘अब राजनीतिसँगै समाजसेवा पनि थाल्छु । जनतालाई पार्टीमा परिवर्तन आएको आभाष दिन लाग्छु,’ उनले थपिन् ।

विवेक र क्षमता प्रयोग विकृति हटाई मुलुक परिवर्तन गर्ने लक्ष्य लिएर आफू राजनीतिमा आएको बताइन् । अग्रजले देखाएको मार्गलाई आत्मसात गर्दै लोकतान्त्रिक विधि पद्धतिअनुसार मुलुक परिवर्तन गर्न लाग्ने उनले थपिन् ।

प्रकाशित : मंसिर १३, २०७८ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्

नेटवर्क खोज्न अब धुरी चढ्नुपरेन

कान्तिपुर संवाददाता

गोरखा — चीनसँग सीमा जोडिएको उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकावासीले मोबाइलमा बल्ल ढुक्कसँग बोल्न पाएका छन् । नेपाल टेलिकमका दुई टावर सञ्चालनमा आएपछि सजिलो भएको हो ।

न्याक र छेकम्पारमा टावर सञ्चालनमा आएसँगै चुमनुव्रीमा मोबाइल फोन सेवा सुरु भएको टेलिकमको गोरखा कार्यालयले जनाएको छ । विहीको टावर भने सञ्चालनको चरणमा छ ।

न्याकको टावर सञ्चालनमा आएसँगै फोरजी सेवा पनि सुरु भएको छ । मोबाइल चल्न थालेसँगै स्थानीय खुसी भएको लोक्पाका शेराप गुरुङले बताए । ‘अब टावर खोज्दै घरका धुरी र डाँडा उक्लिनुपरेन,’ उनले भने, ‘आनन्दले घरभित्रबाटै बोल्न पायौं ।’ न्याकफेदीको टावरले गाउँपालिका क्षेत्रमा कभरेज गरेको छ । टावर सञ्चालनमा ल्याउन स्थानीयले माग राख्दै आएका थिए ।

मनास्लु पदमार्गमा पनि मोबाइल सेवाले सहज बनाएको शेरापले बताए । न्याकको टावरले न्याक, न्याकफेदी, लोक्पा, पेवा, ड्याङ, चुम्चेतलगायतका गाउँमा सञ्चार सम्पर्क सहज भएको छ । चुमनुव्री–३ सिर्दिवास पाङसिङका बुद्ध गुरुङले भने, ‘अब घरबाटै विदेशसम्म कुरा गर्न पायौं । युट्युब हेर्‍यौं, टिकटक पनि बनायौं ।’

अब विहीको टावर पनि सञ्चालनमा ल्याउने गोरखा टेलिकमका सूचना अधिकारी सन्दीप ढकालले बताए । ‘न्याकको रिपिटर टावर हो, न्याकबाट छेकम्पार र बिहीमा लिंक दिएका छौँ,’ भने, ‘तीनै टावर सञ्चालनमा आएपछि फोरजी सेवा सुरु भएको छ ।’ यसअघि स्याटलाइट लिंकबाट प्रोकको टावर सञ्चालनमा थियो । सञ्चालनमा ल्याइएका टावरले रेडियो लिंक प्रविधिबाट काम गर्ने उनले बताए ।

प्रकाशित : मंसिर १३, २०७८ १०:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×