कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मनोनयन शुल्क चर्को

नेपालगन्ज — नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि बाँकेका अधिकांश वडा तथा नगर/ गाउँपालिकास्तरीय अधिवेशन सम्पन्न गरेको छ । केही वडा तथा पालिकाका अधिवेशन विवादकै कारण ढिलो गरी सकियो ।

महासमिति सदस्य तथा जिल्ला सभापतिका लागि निर्वाचन हुन बाँकी छ । कांग्रेस बाँके अधिवेशनमा देखिएको गुट/उपगुटको चर्चासँगै मनोनयनका लागि तोकिएको शुल्कसमेत चर्चाको विषय बनेको छ । वडादेखि नगर क्षेत्रको उम्मेदवारीका लागि १ हजार ५ सयदेखि ८ हजार रुपैयाँसम्म मनोनयन शुल्क तोकिएको थियो । ‘कमजोर आर्थिक अवस्था भएकालाई उम्मेदवार बन्ने बाटो नै रोकेको छ ।

यसपटकको मनोनयन शुल्कले पैसावालमात्र उम्मेदवार बन्न सक्ने अवस्था आयो,’ कांग्रेस नेता तप्त पौडेलले भने, ‘शुल्क निकै चर्को भयो ।’

निर्वाचन समितिले दिएको जानकारी अनुसार एउटै वडाबाट ४० हजार रुपैयाँसम्म उठेको छ । ‘जिल्ला सभापतिको निर्वाचनपछि आर्थिक हिसाब गर्छौं,’ निर्वाचन समिति आर्थिक व्यवस्थापक अधिकारी अधिवक्ता मेयर सिंह खत्रीले भने, ‘निर्वाचनबाट उठेको सबै रकम मतदानमा खटिएका कर्मचारी, व्यवस्थापन र पारिश्रमिकमा खर्च गर्छौं ।’ उनका अनुसार बाँकेमा मात्रै कांग्रेस निर्वाचनबाट १५ लाख रुपैयाँसम्म उठ्ने अनुमान छ ।

प्रकाशित : मंसिर १३, २०७८ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?