कांग्रेस महाधिवेशन : मनोनयन शुल्क चर्को- लुम्बिनी - कान्तिपुर समाचार

कांग्रेस महाधिवेशन : मनोनयन शुल्क चर्को

कान्तिपुर संवाददाता

बाँके — नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि बाँकेका अधिकांश वडा तथा नगर/ गाउँपालिकास्तरीय अधिवेशन सम्पन्न गरेको छ । केही वडा तथा पालिकाका अधिवेशन विवादकै कारण ढिलो गरी सकियो । 

महासमिति सदस्य तथा जिल्ला सभापतिका लागि निर्वाचन हुन बाँकी छ । कांग्रेस बाँके अधिवेशनमा देखिएको गुट/उपगुटको चर्चासँगै मनोनयनका लागि तोकिएको शुल्कसमेत चर्चाको विषय बनेको छ । वडादेखि नगर क्षेत्रको उम्मेदवारीका लागि १ हजार ५ सयदेखि ८ हजार रुपैयाँसम्म मनोनयन शुल्क तोकिएको थियो । ‘कमजोर आर्थिक अवस्था भएकालाई उम्मेदवार बन्ने बाटो नै रोकेको छ ।

यसपटकको मनोनयन शुल्कले पैसावालमात्र उम्मेदवार बन्न सक्ने अवस्था आयो,’ कांग्रेस नेता तप्त पौडेलले भने, ‘शुल्क निकै चर्को भयो ।’ निर्वाचन समितिले दिएको जानकारी अनुसार एउटै वडाबाट ४० हजार रुपैयाँसम्म उठेको छ ।

‘जिल्ला सभापतिको निर्वाचनपछि आर्थिक हिसाब गर्छौं,’ निर्वाचन समिति आर्थिक व्यवस्थापक अधिकारी अधिवक्ता मेयर सिंह खत्रीले भने, ‘निर्वाचनबाट उठेको सबै रकम मतदानमा खटिएका कर्मचारी, व्यवस्थापन र पारिश्रमिकमा खर्च गर्छौं ।’ उनका अनुसार बाँकेमा मात्रै कांग्रेस निर्वाचनबाट १५ लाख रुपैयाँसम्म उठ्ने अनुमान छ ।

प्रकाशित : मंसिर १३, २०७८ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्

दुर्घटनामा एकको मृत्यु, २३ घाइते

कान्तिपुर संवाददाता

बिर्तामोड — अनियन्त्रित भई झापाको कनकाई पुलको रेलिङमा ठोक्किएर बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

आइतबार मध्याह्न पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस कनकाई–८ स्थित कनकाई नदीको पुलमा दुर्घटनाग्रस्त हुँदा कनकाई–७ का १७ वर्षीय उत्सव पौडेलको मृत्यु भएको छ ।

गम्भीर घाइते पौडेलको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी सन्तोष आचार्यले जानकारी दिए ।

प्रकाशित : मंसिर १३, २०७८ ०९:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×