३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

गुल्मी कांग्रेसको सभापतिमा पौडेल पक्षका पन्थी विजयी

गगनशिला खड्का

गुल्मी — नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी भारी मतसहित निर्वाचित भएका छन् । १४औं महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको क्रममा भएको मतदानबाट पन्थी विजयी भएका हुन् ।

गुल्मी कांग्रेसको सभापतिमा पौडेल पक्षका पन्थी विजयी

आइतबार राति सम्पन्न मत परिणाम अनुसार अध्यक्षका प्रत्यासी बेदबहादुर थापालाई ८८७ मत अन्तरले पराजित गर्दै पन्थी भारी मत अन्तरले विजयी भएका हुन् ।

पन्थीले १ हजार २ सय ७१ मत ल्याउँदा प्रत्यासी थापाले ३८४ मत प्राप्त गरेको निर्वाचन अधिकृत सतिशकुमार झाले जानकारी दिए । पन्थी पौडेल पक्षका नेता हुन् भने थापा देउवा पक्षधर हुन् ।

दुई उपसभपति पदका लागि तीन जनाको प्रतिस्पर्धा भएकोमा अनन्तराम पौडेलले १ हजार १८७ र शिबबहादुर खत्रीले १ हजार ३३ मत प्राप्त गरी विजयी भएका छन् । उनीहरूका प्रतिद्वन्द्वी झविन्द्र विश्वकर्माले ५०८ मत प्राप्त गरेका थिए ।

यस्तै सचिव पदमा जगदीश भट्टराई र भगतसिंह खडका विजयी भएका छन् । भट्टराइले ९९१ मत प्राप्त गरेका छन् भने खड्काले १ हजार २२ मत प्राप्त गरे । सचिव पदका लागि ५ जनाको प्रतिस्पर्धा भएकोमा प्रतिद्वन्द्वी थम्मनबहादुर खत्रीले ४१५, पूर्ण केसीले ३४६ र पृथ्वी फौजदारले १८० मत प्राप्त गरेका थिए ।

दुईजना सह–सचिव पदका लागि चार जनाबीच भएको प्रतिस्पर्धामा छवि पाण्डे ८५० मत र धर्मराज पाण्डे १ हजार १३३ मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रतिस्पर्धी निरोज मरासिनीले ३६२ र रेशम कुावरले ५८१ मत प्राप्त गरेका छन् ।

यस्तै खस आर्यतर्फको सदस्यहरूमा कृष्णप्रसाद पोखरेल, धिरेन्द्र केशी, पदमबहादुर बिष्ट, लिलाधर आचार्य लोकप्रसाद खरेल विजयी भएका छन् । कुल १ हजार ६५५ मत खसेकोमा सभापति पदमा ३८ मत बदर भएको थियो ।

आठौं जिल्ला अधिवेशनबाट कुल ४९ सदस्य निर्वाचित भएको मध्ये ४२ जना निर्विरोध निर्वाचित भएका थिए । ७ जना पदाधिकारी र खस आर्यतर्फको खुला सदस्यमा मात्र निर्वाचन भएको थियो । कोषाध्यक्षसहित २० प्रतिशत मनोनित गर्ने विधानमा व्यवस्था रहेको निर्वाचन अधिकृत झाले जानकारी दिए ।

प्रकाशित : मंसिर १३, २०७८ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?