१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कांग्रेस रुपन्देहीको नेतृत्व सर्वसम्मत रूपमा चयन गरिने

सन्जु पौडेल

लुम्बिनी — नेपाली कांग्रेस रुपन्देहीमा जिल्लाको नेतृत्व सर्वसम्मत गराउने विषयमा सहमति जुटेको छ । पार्टीको १४ औं महाधिवेशनको तालिकाअनुसार शुक्रबारका लागि तोकिएको जिल्ला अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन भएको घोषणा गर्नेगरी सहमति जुटेको हो ।

कांग्रेस रुपन्देहीको नेतृत्व सर्वसम्मत रूपमा चयन गरिने

नेतृत्व चयनका लागि बिहीबार गृहमन्त्री बालकृष्ण खाँणको पहलमा जिल्ला सभापति अब्दुल रज्जाक, सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका भरतकुमार शाह, प्रतिनिधिसभा सदस्य प्रमोद यादव, पूर्व सभापति रामचन्द्र ढकाल, नेता मातृका यादवलगायत बसेर जिल्लामा सहमतिको आधारमा नेतृत्व चयन गर्ने विषयमा सहमति गरेका हुन् ।

वर्तमान सभापति रज्जाकले बैठकमा गरिएको सहमतिअनुसार आफूले नेतृत्व हस्तान्तरणका लागि प्रस्ताव गर्ने बताएका छन् । ‘गृहमन्त्री र मेरो पहलमा सहमति जुटाएका हौं,’ उनले भने, ‘सहमतिअनुसार सबै पदमा सर्वसम्मत नै हुनेमा विश्वस्त छौं ।’

प्रकाशित : मंसिर १०, २०७८ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?