नेपालगन्ज विमानस्थलमा जहाज अवतरण गर्दा स्याल ठोक्कियो

रुपा गहतराज

नेपालगंन्ज — काठमाडौंबाट नेपालगन्ज आएको बुद्ध एअरको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा स्यालसंग ठोक्किन पुगेको छ ।

नेपालगन्ज विमानस्थलमा जहाज अवतरण गर्दा स्याल ठोक्कियो

बुधबार बेलुका जहाज अवतरणको क्रममा धावन मार्गमै स्याल ठोक्किएको हो । जहाजसंग ठोक्किएपछि स्याल भने मरेको छ। बुधबार बेलुका ७ बजेर ५ मिनेटमा अवतरण गर्ने क्रममा धावनमार्गमा स्याल ठोक्किएको नेपाल नागरिक उड्ययन प्राधिकरण नेपालगन्ज विमानस्थल प्रमुख सुभाष झाले बताए ।

बुद्ध एअरको एटिआर ७२ जहाज अवतरण गरेर धावनमार्गमा गुडिरहेका बेला स्याल ठोक्किएको र सबै यात्रु सकुशल रहेको प्रमुख झाले बताए ।

घटनापिछ धावनमार्गमा स्यालको शरीर टुक्राटुक्रा परेको अवस्थामा देखिएको छ । यससंगै जहाजको नोजल गेयरमा समस्या आएकाले चेकजाँच गर्न काठमाडौंबाट इन्जिनियरको टोली नेपालगन्ज आएको कार्यालयले जनाएको छ । घटनाको क्रममा जहाजमा सामान्य क्षति पुगेको बुद्ध एअरको नेपालगन्जका व्यवस्थापक विनित शाहले बताए।

प्रकाशित : मंसिर ८, २०७८ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?