कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

रोल्पा कारागारमा दोब्बर कैदीबन्दी

रोल्पा — जिल्ला कारागारको जीर्ण भवनमा क्षमताभन्दा दोब्बर कैदीबन्दी छन् । महिला १५ र पुरुष ३५ गरी ५० जना अट्ने यो कारागारमा अहिले १ सय १३ जना बसिरहेका छन् ।

पर्याप्त भौतिक संरचना नहुँदा सबै प्रकारका अभियोग व्यहोरिहेका कैदीबन्दीलाई एकैसाथ राख्नुपरेको जेलर यामलाल वलीले बताए । ‘कैदीबन्दीमध्ये धेरैजसो जिल्लावासी छन् । उनीहरूले यहीं बस्न माग गरेकाले कोचेरै राखिएको हो,’ उनले भने । २०३९ मा निर्मित कारागार साँघुरो छ । बजार क्षेत्रमा जग्गा नपाएपछि अघिल्लो वर्षदेखि रेउघास्थित स्थानीयले निःशुल्क प्रदान गरेको जग्गामा जिल्ला कारागार भवन निर्माण भइरहेको छ । उक्त भवन बनेपछि मात्रै कैदीबन्दी राख्न सहज हुने कारागार प्रशासन बताउँछ ।

प्रकाशित : मंसिर ७, २०७८ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?