कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्यूठानमा जिप दुर्घटना हुँदा एककाे मृत्यु

शमशेरविक्रम जीसी

प्यूठान — प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।

मल्लरानी गाउँपालिकको मुनडाँडाबाट बाग्दुला आउँदै गरेकाे रा १ ज १९९२ नम्बरको जीप मल्लरानी गाउँपालिका–३ बुकेनीमा दुर्घटना हुँदा सवारी चालक स्थानीय २९ वर्षीय गोरखबहादुर पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरि कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैह्रेले जानकारी दिए ।

जिप अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरिले बताएकाे छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा प्यूठान नगरपालिका–४ खड्गडेराका १६ वर्षीय विवेक नेपाली रहेकाे र उनलाई उपचारका लागि खलंगा प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएकाे छ ।

प्रकाशित : कार्तिक २९, २०७८ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?