१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रधानन्यायाधीशको राजीनामा माग्दै बर्दियामा पनि प्रदर्शन

कमल पन्थी

बर्दिया — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आइतबार बर्दियाका कानुन व्यवसायीले जिल्ला अदालत परिसरमा धर्ना दिएका छन् ।

न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचार विरुद्ध नेपाल बार एसोसिएसनमा आवद्ध कानुन व्यवसायीहरू विवादित प्रधानन्यायाधीशको राजीनामा माग्दै हातमा कालोपट्टी बाँधेर विरोधमा उत्रिएका हुन् ।

बारका जिल्ला अध्यक्ष काशीराम चौधरीले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आन्दोल जारी राख्ने चेतावनी दिए । 'प्रधानन्यायाधीश जबराले प्रभावकारी न्याय सम्पादन नगरेकोले राजीनामा माग्नु परेको हो,’ उनले भने ।

केन्द्रीय कार्यक्रम अनुसार कात्तिक ३० गतेसम्म दैनिक १ घण्टा आन्दोलनको कार्यक्रम जारी राख्ने अध्यक्ष काशीराम चौधरीले बताए । बिहान १० बजेदेखि ११ बजेसम्म यहाँका अधिकांश कानुन व्यवसायीले कामकाज ठप्प पारेर अदालत परिसरमा धर्ना दिएका थिए ।

प्रकाशित : कार्तिक २८, २०७८ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?