३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

लुम्बिनीमा सय शय्याको आधुनिक अस्पताल निर्माण सम्झौता

अमृता अनमोल

बुटवल — बुद्ध जन्मस्थल लुम्बिनीमा सय शय्याको आधुनिक अस्पताल बनाउने प्रक्रिया सुरु भएको छ । लुम्बिनी क्षेत्रका महिलाको स्त्री तथा प्रजनन स्वास्थ्य उपचारलाई लक्षित गरी अस्पताल निर्माण प्रक्रिया थालिएको हो ।

लुम्बिनीमा सय शय्याको आधुनिक अस्पताल निर्माण सम्झौता

स्त्री तथा प्रजनन् स्वास्थ्य उपचारलाई प्राथमिकता दिए पनि अस्पतालले अन्य सेवासमेत संचालन गर्ने छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको पहलमा लुम्बिनी गार्डेन फाउन्डेसनले अस्पताल निर्माण गरिदिने छ । बिहीबार लुम्बिनी गार्डेन फाउन्डेसन र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच निर्माण सम्झौता भएको छ । जसमा नगरपालिकाले जग्गा व्यवस्थापन गरिदिनु पर्ने र फाउन्डेसनले निर्माणको व्यवस्थापन गर्ने उल्लेख छ ।

सम्झौतामा हस्ताक्षर गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले एक महिनाभित्र नगरपालिकाको १० नम्बर वडामा जग्गा व्यस्थापन गरी हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित : कार्तिक २५, २०७८ २२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?