साइकल र्‍याली गर्दै मनाइयो नेपाल सम्वत्

सन्जु पौडेल

लुम्बिनी — बुटवलमा बृहत साइकल र्‍याली गर्दै नेपाल सम्वत् ११४२ मनाइएको छ । शुक्रबार बुटवलमा क्रियाशील ८ वटा साइकल क्लवको सहभागितामा नेपाल सम्वतको स्वागतका वभिन्नि प्लेकार्ड र न्हूदया भन्तिुना लेखएिको टिसर्ट लगाएका ८० बढी साइकल राइडरहरूले बुटवल र तिलोत्तमा नगर क्षेत्रको परक्रिमा गरेका थिए ।

नेवा पुचः को केन्द्रीय कार्यालयबाट सुरु भएको र्‍याली सन्दिुर होटल, तिनाउ पुल, जतिगढी किल्ला, मजुवा, देविनगर चौपारी, होराइजन चोक, योगीकुटी, शंकरनगर, मणिग्रामबाट पुनः फर्केर बुटवल नगर परक्रिमा गरी पुल्चोक दुर्गा मन्दरिमा पुगेर समापन भएको थियो । नेवारी संस्कार अनुसार सगुन खाएर सुरु भएको साइकल र्‍यालीमा सहभागीहरूलाई बुटवलका वभिन्न चोकहरूमा स्थानीय समुदायले सगुन खुवाएर स्वागत गरेका थिए ।

राज्यले राष्ट्रिय विभूति घोषणा गरेका शंखधर सांख्वाले ऋण मोचन गराएर अघोषित कमारा-कमारीको युग अन्त्य गरिएको दिनलाई नेपाल सम्वतका रुपमा स्वीकार गरिएको भन्दै नेपाली माटोबाट जन्मेको सम्वतको स्वागत गर्न बुटवलमा बृहत साइकल र्‍याली गरिएको बताइएको छ ।

नेपाल सम्वत सबै नेपालीको साझा सम्वत भएको सन्देश दिनेगरी रुपन्देहीमा हरेक वर्ष नयाँ कार्यक्रम गरिँदै आएको नेवा पुचः, नेवा समाज विकास परिषद्‍का अध्यक्ष काजीमान श्रेष्ठ बताए । सधैँ वर्षभन्दा यो वर्ष फरक ढंगबाट थप साइक्लिङमार्फत् सचेतनामुलक शुभकामना र्‍याली गरएिको भन्दै अध्यक्ष श्रेष्ठले सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे ।

प्रकाशित : कार्तिक १९, २०७८ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?