२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तीन बुँदे सहमतिपछि नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मीको आन्दोलन स्थगित 

रुपा गहतराज

नेपालगन्ज — तीन बुँदे सहमतिपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा १० दिनदेखिको जारी आन्दोलन स्थगित भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा गठित मध्यस्थता समितिका संयोजक भोलानाथ गुरागाईंको अध्यक्षतामा बुधबार अस्पताल व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीचको वार्तापछि जारी आन्दोलन स्थगित भएको आन्दोलन परिचालन समितिका सहसंयोजक कुश्माखर बस्यालले  बताए ।

तीन बुँदे सहमतिपछि नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मीको आन्दोलन स्थगित 

अस्पतालमा जारी सबै आन्दोलन स्थगित गरेर सेवाहरु नियमित गर्ने, जिल्ला प्रशासनमा भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकका सहमति कार्यान्वयन गर्ने र अस्पताल प्रशासनले ९ जना कर्मचारीलाई मागेको स्पष्टीकरण खारेज गर्ने लगायतका सहमति भएको बताइएको छ । अस्पताल व्यवस्थापन पक्षले भने आर्थिक भार थपिने कुनै पनि माग पूरा गर्न नसकिने बताउँदै आएको छ । मध्यस्थता समितिले कर्मचारीका माग र अस्पताल प्रशासनले भन्दै आएको विषयलाई यथार्थ अध्ययन गर्ने जनाएको छ ।

शिक्षण अस्पतालका झन्डै १२ सय कर्मचारी सात बुँदे माग राखेर कात्तिक १ गतेदेखि आन्दोलन गरिरहेका थिए । उनीहरुले इमर्जेन्सीबाहेक सबै सेवा ठप्प पारेका थिए ।

उनीहरुले पाँच वर्षदेखि रोकिएको तलबभत्ता वृद्धि हुनुपर्ने, दरबन्दी सिर्जना, पदपूर्ति र बढुवा, अवकाश, उपदान, बीमा, सामाजिक सुरक्षा कोषलाई व्यवस्थित र प्रभावकारी गराइनु पर्ने लगायतका माग राखेका छन् ।

प्रकाशित : कार्तिक १०, २०७८ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?