बाँकेमा महिलाद्वारा आत्महत्या

रुपा गहतराज

नेपालगन्ज — बाँकेमा राप्ती नदीको पुलबाट हाम फालेर एक महिलाले आत्महत्या गरेकी छन् । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेका अनुसार, राप्ती सोनारी गाउँपालिका–३ की २० वर्षीया दिपा थारु नदीमा हाम फालेकी हुन् ।

प्रहरी प्रवक्ता न्यौपानेले श्रीमान् र श्रीमतीका बीचमा झगडा भएपछि दिपाले सोमबार राति दुई बजे राप्ती नदीको सिधनियाघाट पुलबाट हाम्फालेको बताए । शव बिहान भेटिएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित : कार्तिक ९, २०७८ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?