२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

दाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २१ घाइते

दुर्गालाल केसी

दाङ — घोराही-तुलसीपुर सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका ६ हात्तीखौवामा आइतबार बेलुका बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २१ जना यात्रु घाइते भएका छन् । 

घोराहीदेखि तुलसीपुरतर्फ जाँदै गरेको ना ६ ख ७६३३ नम्बरको बस पल्टिँदा घोराही उपमहानगरपालिका १० कटुकीका २८ वर्षीय प्रेम परिवारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बस अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।

प्रकाशित : कार्तिक ७, २०७८ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?