कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

हिन्दु धर्मका विभिन्‍न धर्मगुरु भैरहवामा

माधव ढुंगाना

भैरहवा — विराट धर्म सभामा सहभागी हुन मुलुकभरका धर्मगुरु भैरहवामा जुटेका छन् । सोमबार र मंगलबार हुने उक्त सभामा सहभागी हुन भारतको, उडिसा, जगन्नाथपुरीस्थित गोबर्द्धन पीठका प्रमुख जगतगुरु शंकराचार्य स्वामी श्री निश्चलानन्दको पनि नेपाल आउने कार्यक्रम तय भएको छ । उनी भारतको सिद्धार्थनगर जिल्ला हुँदै नेपालको लुम्बिनीस्थित कक्रहवा नाकाबाट आइतबार नेपाल आउने भएका छन् ।

हिन्दु धर्मका विभिन्‍न धर्मगुरु भैरहवामा

विश्व हिन्दु महासंघ, नेपाल सन्त समाज लगायतका धार्मिक संस्थाको आयोजनामा धार्मिक सभा हुन लागेको हो । नेपालमा हिन्दु राष्ट्रको पुनःस्थापनाका लागि पहल र हिन्दु धर्म संस्कृतिभित्र रहेका ओमकार परिवारबीच एकताका लागि अभियान सञ्चालन गर्ने मुख्य उद्देश्यले सभाको आयोजना गरिएको धर्मगुरु तथा मूल आयोजक समितिका सदस्य व्यासाचार्य किशोर गौतमले बताए ।

‘नेपाललाई हिन्दु राष्ट्र कायम गर्नका लागि पहल गर्ने र ओमकार परिवारबीचको एकता, सद्भावलाई अझ बलियो बनाउनु यस सभाको मुख्य उद्देश्य हो, ’ व्यासाचार्य गौतमले भने, ‘हामी कुनै जाति, सम्प्रदाय र राजनीतिबाट पृथक रहेर यो कार्यक्रमको आयोजना गरेका हौं ।’

वैदिक, बौद्ध, जैन, सिख, किरात, बोनलगायत सनातन ओमकार परिवारका ६० जनाभन्दा धेरै धर्मगुरुको आगमन भैरहवामा भइसकेको छ । सभामा १ सयभन्दा धेरै धर्मगुरु र कथावाचक आउने अनुमान आयोजकले गरेका छन् । धर्मसभामा जगतगुरु शंकराचार्यले सोमबार सम्बोधन गर्ने कार्यक्रम छ । मंगलबार उनी सुनौली नाका हुँदै भारततर्फ प्रस्थान गर्ने छन् ।

सभामा स्वामी श्रीनिश्चलानन्दसहित महामन्डलेश्वर स्वामी आत्मानन्द गिरी, नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती, महेश सन्यास आश्रमका डा.रमणानन्द गिरी, विश्व ओमकार एकता महाअभियानका संयाजक डा. चिन्तामणी योगी, डा. गुरुप्रसाद सुवेदी, नेपाल बैष्णव परिषद्का अध्यक्ष स्वामी देवराज आचार्य, स्वामी विवेकानन्द, स्वामी रघुनन्दन गिरी, धर्मगुरु पुष्पराज पुरुष, अभियन्ता डा. भोलानाथ योगी, विश्व हिन्दु महासंघका अध्यक्ष डा.रामचन्द्र अधिकारी, स्वामी कमलनयनाचार्य, स्वामी स्वरुपानन्द सरस्वती, स्वामी दामोदरानन्द सरस्वती, स्वामी लोकानन्दजी, डा. लेखनाथ आचार्य, स्वामी निशेषनन्द, श्रीत महाराज, स्वामी निग्मानन्द लगायतका धर्मगुरुको सहभागिता रहने गौतमले बताए ।

प्रकाशित : कार्तिक ७, २०७८ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?